स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी

 मंसिर ९, २०७९ शुक्रबार १४:४६:१८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएकाे छ । 

भर्खरै सकिएकाे मतगणनाअनुसार कांग्रेसका थापाले प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद नारायणप्रासद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो । 

कांग्रेसका थापाले ३१ हजार ९ सय ९९ मत ल्याउनुभयो भने मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याउनुभयो । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले घाेषणा गर्न भने बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया