चितवनमा भारतीय ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो, मृतकको पहिचान हुन सकेन

 मंसिर ९, २०७९ शुक्रबार १६:२२:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको ज्यान गएको छ ।

बिहीबार बिहान साढे २ बजेको समयमा भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने ३८ वर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतिय ट्रकले एक पुरुषलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उहाँको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । तर  मृतकको पहिचान हुन नसकेको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।  

रातो ज्याकेट, खैरो टिसर्ट, कम्ब्याट रङ्गको सेन्डो, निलो जिन्स पाइन्ट लगाएको, उचाइ ५ फिट ६ इन्च हुलिया भएको व्यक्तिलाई चिन्ने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा ९८५५५०९०१३३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

शवको पहिचान हुन नसकेपछि पहिचानका लागि प्रहरीले मृतकको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • अन्जान ब्यकति

    Nov. 26, 2022, 8:05 a.m.

    अनि प्रहरिले फाेटाे सार्बजनिक गरपछि पत्रकारले पनि फाेटाे सार्बजनिक गर्नु पर्दैन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया