दुई हजारभन्दा धेरै मतान्तरसहित महोत्तरी ३ मा महन्थ ठाकुर विजयी

 मंसिर ९, २०७९ शुक्रबार १९:१०:३ | सुनिता महताे
unn.prixa.net

जलेश्वर – महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ ।

गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार ठाकुरले १६ हजार ३७५ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुबीचमा २ हजार ५० मतान्तर रहेको छ।

स्वतन्त्रतर्फका उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत ल्याउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया