चितवन ३ (ख) मा माओवादीका ठाकुर ढकाल निर्वाचित

 मंसिर १०, २०७९ शनिबार ९:२८:२२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवन प्रदेश सभा क्षेत्र नं ३ (ख) बाट नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित हुनुभएको छ ।

ढकालले ८४६ मतले राप्रपाकी रिना गुरुङलाई पराजित गर्नुभएको हो । यस क्षेत्रमा ४४ हजार ६८ मत गणना गर्दा ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी राप्रपाकी गुरुङले १४ हजार ६१५ मत पाउनुभएको छ । नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य ढकाल यसअघि माडी नगरपालिकाका मेयर एवम् साविक गर्दी गाविसको दुई कार्यकाल अध्यक्ष रहनुभएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया