झन्डै साढे ६ सय मत गन्न बाँकी हुँदा इलाम २ मा मतगणना राेकियाे

 मंसिर १०, २०७९ शनिबार १९:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा मतगणना राेकिएकाे छ । इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

झन्डै साढे ६ सय मतमात्रै गन्न बाँकी हुँदा कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणना स्थल छाडेर बाहिर निस्केपछि मतगणना राेकिएकाे हो । कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हस्ताक्षरविनाका मतपत्र नभेटिएको बताएको छ । 

अहिले इलाम २ मा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले २९ हजार १ सय ३५ मत ल्याएर अग्रता बनाउनुभएको छ भने कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मतसहित नेम्वाङलाई पछ्याइरहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया