काठमाण्डौमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी शुरु

 मंसिर ११, २०७९ आइतबार १७:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ । 

नेपाल कला परिषद र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आइतबारबाट प्रर्दशनी सुरु भएको हो । परिषद् भवनमै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गर्नुभएको प्रर्दशनी यही मंसिर २५ गतेसम्म चल्नेछ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दु धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषदका अध्यक्ष सागरशमशेर जबराले बताउनुभयो ।

प्रर्दशनीमा एक सय ५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ । प्रर्दशनीमा बोल्दै काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाण्डौलाई कलाहरुको हबको रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताउनु भयो । उहाँले नेपालको कला क्षेत्रको विकासका लागि काठमाण्डौ महानगरपालिकाले नेपाल कला परिषदसँग मिलेर काम गर्न सुरु गरेको समेत बताउनु भयो ।

प्रर्दशनीमा एक सय ६० जना कलाकाहरुले बनाएका कलाकृतिहरु राखिएका छन । नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरु समेत हुनेछन् ।

 

तस्बिर : न्यूज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया