दार्चुलामा नरसिंह विष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक, अदालतबाट ७ दिनको म्याद थप

 मंसिर १२, २०७९ सोमबार १८:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–४ डोकटका नरसिंह विष्टको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले आज साेमवार सार्वजनिक गरेको छ । घटना घटेको एक हप्तापछि प्रहरीले विष्टको हत्यामा संलग्न व्यासकै चौपखेका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

यही मङ्सिर ३ गते राति १० बजेतिर व्यास ४ काे दार्चुला–तिङ्कर सडक खण्डमा नरसिंह र दीपक दुवै जनाले रक्सी खाएकाे अवस्थामा भेट हुँदा विवाद भएको र दीपकले नरसिंहकाे टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

नरसिंहकाे हत्या गरेर शवलाई घिसारेर सडकबाट तल गोदार खोलामा लगेर ढुङ्गाले च्यापेको अभियुक्त दीपकले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अभियुक्त विष्टलाई पक्राउ गरि दार्चुला जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया