कालीकोटको रास्कोटमा विद्युत् महसुल काउन्टर : १ दिन हिँड्नुपर्ने बाध्यता हट्याे

 मंसिर १२, २०७९ सोमबार १८:१८:७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले कालीकोटको रास्कोटमा विद्युत् महसुल तथा फ्युज सेवा सुरु गरेको छ ।

रास्कोट क्षेत्रमा करिव एक हजार भन्दा बढी ग्राहक संख्या रहेकोमा त्यस क्षेत्रका नागरिक एक दिनको बाटो हिँडेर विद्युत् महसुल बुझाउन जिल्ला सदरमुकाम जानु पर्ने समस्या थियो । अब यस समस्याको समाधान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमल शाहले बताउनुभयो ।

कालीकोटका सबै वडा र बस्तीहरुमा विद्युत् सेवा विस्तार गर्नुका साथै तत्काल विद्युत्, सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्रमहरु सञ्चालन गर्ने नगरपालिकाको लक्ष्य रहेको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही पोषणले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया