आज विवाह पञ्चमी : सीता–रामकाे स्वयंवर सम्पन्न

 मंसिर १२, २०७९ सोमबार १९:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज साेमवार जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । आज रङ्गभूमि मैदान (बाह्रबिघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । 

विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन् । राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रबिघामा गएर स्वयंवर कार्यक्रम भएको छ । 

सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया