विश्व कपमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे

 मंसिर १२, २०७९ सोमबार २०:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज साेमवार भएकाे दाेस्राे खेलमा घानाले दक्षिण काेरियालाई हराएकाे छ । 

एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे । पहिलाे हाफमा घानाले २–० काे अग्रता लिएकाे थियाे । उसका लागि माेहम्मद सलिसुले २४ औँ र माेहम्मद कुदुसले ३४ औँ मिनेटमा गाेल गरे । 

दाेस्राे हाफकाे ५८ औँ र ६१ औँ मिनेटमा चाे ग्यु सङले गाेल गर्दै दक्षिण काेरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दाेस्राे गाेल गर्दै टाेलीलाई ३–२ काे जित दिलाए ।

याे जितसँगै घाना तीन अङ्कसहित समूह 'एच' काे दाेस्राे स्थानमा उक्लिएकाे छ । दक्षिण काेरिया एक अङ्कसहित तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया