स्मार्ट क्यूआरमा सहकारीहरूको मोबाइल बैंकिङ एप 'एम डबली' मार्फत भुक्तानी गर्न सकिने

 मंसिर १४, २०७९ बुधबार ११:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो । हाल आर्जन वचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाउनुभयो । 

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्यूआर नेटवर्कमा अहिलेसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध रही आएकोमा अबदेखि एम डबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधाकाे लाभ लिन सक्ने कुराले आफूहरु उत्साहित भएको स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बताउनु भयो ।

यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्ट च्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया