बाजुरामा आज मतगणना नहुने

 मंसिर १४, २०७९ बुधबार १९:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – बाजुरामा आज बुधवार मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीवार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । 

यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । 

आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएकाे थियाे । 

बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका थिए । यस्तै स्याङ्जा २ मा चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए । यही विवादमा आयाेगले आज मतगणना गर्न निर्देशन दिएकाे हाे ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया