काठमाण्डौमा आज यसवर्षकै चिसो, न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो

 मंसिर १५, २०७९ बिहिबार ७:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा आज यसवर्षकै चिसो छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ ।

दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ । देशका धेरै ठाउँको अधिकतम तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि नै रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया