सुनसरी–४ मा कांग्रेसका कार्की र एमालेका कुसियैतबीचको मतान्तर २७ मा झर्यो

 मंसिर १५, २०७९ बिहिबार ८:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई २७ मतले उछिन्दै अहिले एमालेका कुसियैतले अग्रता लिनुभएको छ । एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९६६ र कांग्रेसका कार्कीले २९ हजार ९३९ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका कार्की सूचना प्रविधि मन्त्री समेत हुनुहुन्छ ।

अन्तिम अपडेट: पुस ८, २०७९

तपाईको प्रतिक्रिया