स्याङ्जा-२ : कांग्रेसका गुरुङकाे अग्रता, एमालेकी अर्याल ६ सय ५४ मतले पछि

 मंसिर १५, २०७९ बिहिबार ८:४४:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जा निर्वाचन क्षेत्र नं २ मत गणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई  ६ सय ५४ मतले पछि पार्नु भएको हो । 

कांग्रेसका गुरुङले ३ हजार ९०१  मत पाउनु भएको छ भने एमालेकी अर्यालको  ३ हजार २४७  मत रहेको छ । सुरुवाती अवस्थामा एक हजार बढीको अग्रता लिनु भएकी अर्याल अहिले पछि पर्नु भएको हो । 

स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ । 

यस्तै, स्याङ्जा-२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गर्नु भएको छ । स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१  मत खसेको थियो ।

अन्तिम अपडेट: चैत १७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया