डोटीमा वडाध्यक्ष जोशीको निधन

 मंसिर १५, २०७९ बिहिबार १०:२०:५० | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएकाे छ । उहाँको हृदयघातका कारण निधन भएको हो ।

हिजो गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

उहाँको हृदयघातका कारण निधन भएको जिल्ला अस्पतालका डाक्टर सोहन शाहले बताउनुभयो । जोशी गएको वैशाख ३० गते भएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया