पहिलाे दिन इङ्ग्ल्यान्डले ५०६ रन बनायाे, ताेडियाे ११२ वर्ष पुरानाे कीर्तिमान

 मंसिर १५, २०७९ बिहिबार २०:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १७ वर्षपछि पाकिस्तानमा टेस्ट खेल्न पुगेकाे इङ्ग्ल्यान्डले पहिलाे टेस्टमा कीर्तिमान बनाएकाे छ । 

रावलपिन्डीमा सुरु भएकाे पहिलाे टेस्टकाे पहिलाे दिन इङ्ग्ल्यान्डले ७५ ओभरमा ४ विकेट गुमाएर पाँच सय छ रन बनायाे । याेसँगै इङ्ग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो दिन नै पाँच सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि सन् १९१०मा दक्षिण अफ्रिकासँगकाे टेस्टमा पहिलो दिन अस्ट्रेलियाले चार सय ९४ रन बनाएको थियो । इङ्ग्ल्यान्डले आज एक सय १२ वर्ष पूरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेको हाे । 

यस्तै आज पहिलाे दिन नै इङ्ग्ल्यान्डका चार जना ब्याटरले शतक बनाए । टेस्ट क्रिकेट इतिहासमा पहिलो दिन नै चार शतक बनेकाे याे पहिलो पटक हो । इङ्ग्ल्यान्डका लागि ज्याक क्रली, बेन डकेट, ओली पाेप र ह्यारी ब्रुकले शतक बनाए । 

यस्तै इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले एक ओभरमा छ चाैका प्रहार गरे । उनी टेस्टमा यस्ताे गर्ने पाँचाैँ ब्याटर बने ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया