स्याङ्जा २ मा धनराज गुरुङकाे अग्रता कायमै, पद्मा अर्याल २१ सय ६३ मतले पछि

 मंसिर १६, २०७९ शुक्रबार १५:४:५१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा (एमाले ) की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पार्नुभएको हो । 

कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाउनुभएको छ भने एमालेकी अर्यालले १२ हजार नाै सय नाै मत पाउनुभएकाे छ । 

यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नाै सय ६२ मत प्राप्त गर्नुभएको छ । 

स्याङ्जा २ को (क) तर्फ भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिनुभएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नं १, २ र ३ को गणना सकिँदा एमालेका श्रेष्ठले एक सय ९० मतले अग्रता लिनुभएको हो । श्रेष्ठले दुई हजार तीन सय ३६ मत ल्याउनुभएको छ भने कांग्रेसका महेश भट्टराईले दुई हजार एक सय ४६ मत पाउनुभएको छ । 

प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ । यहाँ कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया