माओवादीसँग पार्टी एकता हुने हल्लाबारे एकीकृत समाजवादीको खण्डन

 मंसिर १६, २०७९ शुक्रबार १७:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकता हुने हल्लाको खण्डन गरेको छ । महासचिव वेदुराम भुसालले आज शुक्रवार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताउनुभएको हो । 

महासचिव भुसालले माओवादी केन्द्रसँग पार्टी एकताबारे छलफल, वार्ता वा संवाद केही पनि प्रयास नभएको उल्लेख गर्नुभएको छ । हुँदै नभएको विषयमा प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

माओवादीसँग केही एजेन्डा मिल्ने भए पनि अहिलेलाई गठबन्धनमात्रै गर्ने तर एकता नहुने एकीकृत समाजवादीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया