झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

 मंसिर १८, २०७९ आइतबार ७:९:३९ | रासस
unn.prixa.net

झापा - झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । 

नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति बापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका मेयर छत्रपति सुवेदीले जानकारी दिनुभयो । निम्न आय भएका बुहारीहरू शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । 

छात्रवृत्तिका लागि बुहारीहरुले विवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताउनुभयो ।  

क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताउनुभयो । उहाँका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरुले निवेदन पेस गरेका छन् । नगरपालिकाका मेयर सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया