बाजुरा : एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी

 मंसिर १८, २०७९ आइतबार ९:५५:५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुरामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश सभातर्फ बाजुरा 'क' मा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी हुनुभएको छ । उहाँले १० हजार ९७३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले आठ हजार ३६२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, बाजुरा 'ख' मा कांग्रेसका पदमबहादुर शाही विजयी हुनुभएको छ । शाहीले २० हजार ११९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया