दाेलखामा एमालेका शिवाकाेटी झन्डै २ हजार मतले अगाडि

 मंसिर १८, २०७९ आइतबार १४:५८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाउनुभएको छ ।

पछिल्लाे विवरणअनुसार एमालेका शिवाकोटीले १८ हजार छ सय ६३ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार सात सय ३७ मत ल्याउनुभएको छ । शिवाकोटी र कार्कीबीच एक हजार नाै सय २६ मतको अन्तर रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २५ सय ७९ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रदेश सभा (क) मा भने नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायमै राख्नुभएको छ । काफ्लेले १८ हजार दुई सय २१ मत ल्याउँदा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार पाँच सय ४१ मत ल्याउनुभएको छ । प्रदेश सभा (ख) मा भने नेकपा एमालेका भरतबहादुर केसी विजयी भइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया