भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थालेपछि सीमामा तनाव

 मंसिर १८, २०७९ आइतबार १८:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुङ्गा प्रहार भएपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ । नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

अहिले अवस्था बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेय सीमा क्षेत्रमा जानुभएकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Janak Singh thagunna

    Dec. 4, 2022, 6:27 p.m.

    हाम्रो नेपाल सरकार के हेर्दैछ ? भारतले आफ्नो सुरक्षाको लागि दार्चुलामा बाँध लगाउँदैछ , यसको लागि सम्बन्धित निकायको ध्यान जावोस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया