बङ्गलादेशले भारतलाई १ विकेटले हरायाे

 मंसिर १८, २०७९ आइतबार १९:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएकाे छ । ढाकामा भएकाे राेमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले हरायाे । 

भारतले दिएकाे एक सय ८७ रनकाे लक्ष्य बङ्गलादेशले ४६ ओभरमा नाै विकेट गुमाएर भेटायाे । बङ्गलादेशका लागि लिटन दासले ४४, मेहदी हसनले नटआउट ३८ रन बनाए । बलिङतर्फ भारतका माेहमम्द सिराजले तीन तथा कुलदीप सेन र वाशिङ्टन सुन्दरले दुई/दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे भारत ४१ ओभर २ बलमा एक सय ८६ रन बनाउँदा अलआउट भयाे । भारतका लागि केएल राहुलले ७३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसनले पाँच र इबादत हाेसैनले चार विकेट लिए ।

बङ्गलादेशले सात वर्षपछि भारतलाई एकदिवसीय क्रिकेटमा हराएकाे हाे । यसअघि सन् २०१५ मा बङ्गलादेशले भारताई एकदिवसीय क्रिकेटमा हराएकाे थियाे ।

बङ्गलादेशले तीन खेलकाे शृङ्खलामा एक–शून्यकाे अग्रता लिएकाे छ । यी दुई टाेलीले दुई खेलकाे टेस्ट क्रिकेट पनि खेल्ने तालिका छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया