महाेत्तरीकाे राष्ट्रिय माविका विद्यार्थी आन्दाेलित, विद्यालयले भन्याे– ‘अनुशासनहीन काम भयाे’

 मंसिर १८, २०७९ आइतबार २०:१३:४७ | सुनिता महताे
unn.prixa.net

प्रदर्शनमा सहभागी भएका विद्यार्थी

महाेत्तरी – विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै महोत्तरीको गौशालामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरूले आज आइतवार गौशाला–औरही सडक खण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरेका हुन् ।

कक्षा ८ मा पढ्ने सरिताकुमारी महतोले अन्तिम परीक्षा आउन केही दिन बाँकी रहँदासमेत शिक्षक नहुँदा आफूहरूको पढाइ चौपट भएको बताउनुभयो ।

सम्बन्धित पक्षले बारम्बार झुटाे आश्वासन देखाएर आफूहरूकाे भविष्यमाथि खेलबाड गरेकाे विद्यार्थीकाे गुनासाे छ । उनीहरूले जसरी पनि शिक्षकको पदपूर्ति गरेर पठनपाठन हुनुपर्ने माग राख्दै आएका छन् ।

विद्यालयले भने विद्यार्थीले चक्काजाम गरेर अनुशासनहीन काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको छ । प्रधानाध्यापक शुभकरण यादवले विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीलाई एक हप्ताका लागि निष्कासित गरिएको जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया