विश्व कप फुटबल : सेनेगललाई ३-० गाेलले हराउँदै इङ्ल्यान्ड क्वाटर फाइनलमा

 मंसिर १८, २०७९ सोमबार ५:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सेनेगललाई हराउँदै इङ्ल्यान्ड फिफा विश्व कप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा गए राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

इङ्ल्यान्डका लागि जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे । खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए ।

अब इङ्ल्यान्डले अन्तिम आठमा फ्रान्ससँग खेल्ने छ । पोल्यान्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया