भारतलाई ५ रनले हराउँदै बङ्गलादेशले जित्याे एकदिवसीय शृङ्खला

 मंसिर २१, २०७९ बुधबार २०:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगकाे एकदिवसीय क्रिकेट शृङ्खला बङ्गलादेशले जितेकाे छ । मिरपुरमा भएकाे दाेस्राे एकदिवसीय खेलमा बङ्गलादेशले भारतलाई पाँच रनले हराउँदै शृङ्खला जितेकाे हाे ।

बङ्गलादेशले दिएकाे दुई सय ७२ रनकाे लक्ष्य पछ्याएकाे भारतले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ६६ रनमात्र बनाउन सक्याे । भारतका लागि श्रेयस अय्यरले ८२, अक्षर पटेलले ५६ र राेहित शर्माले नटआउट ५१ रन बनाए । बलिङतर्फ बङ्गलादेशका इबादत हाेसैनले तीन विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७१ रन बनायाे । बङ्गलादेशका लागि मेहदी हसनले १०० रन बनाए । यस्तै महमदुल्लाहले ७७ रन बनाए । बलिङतर्फ भारतका वाशिङ्टन सुन्दरले तीन विकेट लिए । 

पहिलाे खेलमा एक विकेटले विजयी भएकाे बङ्गलादेशले एक खेलअघि नै शृङ्खला जितेकाे हाे । तेस्राे तथा अन्तिम खेल आउँदाे शनिवार हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया