भियतनाममा यस वर्ष ३ लाखभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण : सङ्क्रमितमध्ये १ सय २२ जनाको ज्यान गएको विवरण सार्वजनिक

 मंसिर २३, २०७९ शुक्रबार १०:४४:५५ | एजेन्सी
unn.prixa.net

भियतनाममा यस वर्ष अहिलेसम्म ३ लाख भन्दा धेरै जनामा डेङ्गीको सङक्रमण देखिएको छ । अहिलेसम्म ३ लाख २५ हजार ६ सय ४ जनामा डेङ्गी देखिएको हो ।

डेङ्गी ज्वरोका बिरामीमध्ये १ सय २२ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विवरण अनुसार गएको वर्षको तुलनामा भियतनाममा डेङ्गी सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको छ ।

त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २ सय ६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट ५ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया