भारतको मुम्बईमा पनि हावामा प्रदूषण बढ्दो

 मंसिर २३, २०७९ शुक्रबार १४:५२:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईमा पनि वायु प्रदूषणको अवस्था निकै खराब तहमा पुगेको छ । सामान्यतया जाडो मौसम सुरु हुनासाथ सङ्घीय राजधानी दिल्लीको वायु प्रदूषण चर्चाको विषय बन्ने गरेको भए पनि यो हप्ता धेरै पटक दिल्लीको भन्दा खराब अवस्था मुम्बईमा देखिएको बीबीसीले जनाएको छ । 

समुद्री तटीय रेखाका कारण हावाको गुणस्तर राम्रो रहँदै आएको मुम्बईमा यस पटक हावाको गुणस्तर खराब भएसँगै भारतकाे खराब हावा हुने सहरको सूचीमा परेको छ । बढ्दो निर्माण कार्य, प्रतिकूल मौसम अवस्था र गाडीले फ्याँक्ने धुवाँका कारण मुम्बईको हावाको गुणस्तर कमजोर बन्दै गएको विज्ञहरूले बताएका छन् । 

हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सयभन्दा माथि जानुलाई अस्वस्थ मानिन्छ । मुम्बईमा यो हप्ता एक्यूआई तीन सयभन्दा माथि पुगेको छ । भारतका दिल्ली, कोलकत्ता, कानपुर, पटनालगायतका सहरमा जाडो याम सुरु भएदेखि नै हावाको गुणस्तर मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया