तराईमा बिहानपख हुस्सु र कुहिरो : गाडी चलाउँदा ख्याल गर्न आग्रह

 मंसिर २४, २०७९ शनिबार ७:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ ।

तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको  प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।

आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ ।

महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया