कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – भारतीय अभिनेता विवके ओबराेय परिवारसहित नेपाल आइपुगेका छन् । आज बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विमानस्थलमै पत्रकारसँगकाे कुराकानीमा अभिनेता ओबराेयले पशुपतिनाथ र गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनीकाे भ्रमण गर्ने बताए । उनले नेपाल बसाइका क्रममा सगरमाथा र बेस क्याम्प र पाेखराकाे पनि भ्रमण गर्नेछन् । नेपाल आउने रहर पहिले नै भए पनि अहिले समय मिलेकाे अभिनेता ओबराेयले बताए । नेपाल र भारत उस्ता–उस्तै लाग्ने बताउँदै उनले बालबच्चालाई पनि नेपाल घुम्न ल्याएकाे जनाए ।
अभिनेता ओबराेयलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटाेपी लगाएर स्वागत गर्नुभएकाे थियाे । ओबराेय यादवकै आग्रहमा नेपाल आएका हुन् ।