महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

 पुस १, २०७९ शुक्रबार १८:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ । 

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी तालिम र यसबारेमा जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने बताउनु भयो । सूचना प्रविधिको विकास तीब्र गतिमा अघि बढीरहेको भन्दै उहाँले उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताउनु भयो । विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकासमा राज्यले पनि प्राथमिकतामा दिनुपर्ने बताउनु भयो । 

तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाईट डिजाइन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिनुभयो । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया