वैदेशिक रोजगारीमा रहेकाको लागि सामाजिक सुरक्षा योजना यी का...
चैत १५, २०७९ बुधबार
धादिङ - जिल्ला अनुगमन समिति धादिङले पृथ्वीराजमार्ग क्षेत्रका तीन होटललाई जरिबाना तिराएकाे छ । अनुगमनका समयमा दिएकाे सुझाव नमानेकाे भन्दै समितिले कारबाही स्वरुप जरिबाना तिराएकाे हाे ।
गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारमा रहेको जुनतारा रेष्टुरेन्टलाई १५ हजार, होटल लुम्बिनीलाई १५ हजार र जाल्पा रिसोर्ट एन्ड स्टाफ भोजनालयलाई २० हजार रुपैयाँ जरिबाना तिराइएकाे जिल्ला अनुगमन समितिका संयोजक राजन घिमिरेले जानकारी दिनुभयो ।
बजार अनुगमन टोलीले पटक पटक दिएको सुझाव र निर्देशन पालना नगरेको, होटलका भान्सा सफा नरहेकाे, म्याद नाघेका सामानहरु बिक्री गर्न राखिएको पाइएकाले कारबाही गरिएको घिमिरेले बताउनुभयो । म्याद नाघेका सामानहरु बरामद गरी नष्ट समेत गरिएको छ।
जिल्ला अनुगमन समितिले नियमितरुपमा बजार अनुगमन गर्दै आए पनि राजमार्गक्षेत्रका होटलहरुले दिइएको निर्देशन पालना नगरि अटेर गरेकाे, बढी मूल्य लिने गरेको, सरसफाइमा ध्यान नदिएको गुनासाे नागरिकले गर्दै आएका छन्।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।