कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

 पुस ३, २०७९ आइतबार १९:५९:६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कैलाली – कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो । 

मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

विकासमाथि दुई वटा गोली लागेको र माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उहाँलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रेफर गरि अहिले धनगढीकाे माया मेट्रो अस्पताल पठाइएको नायब उपरीक्षक जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया