जुम्लामा सेनाका प्रमुख सेनानीकाे शव फेला

 पुस ११, २०७९ सोमबार १३:५९:१० | नेत्र शाही
unn.prixa.net

प्रतीकात्मक तस्बिर

जुम्ला – जुम्लामा नेपाली सेनाका प्रमुख सेनानीको शव फेला परेको छ । २४ नम्बर बाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

आज साेमवार बिहान चिया खाने समयमा चिया लिएर जाँदा रुपाखेती मृत भेटिनुभएको र उहाँले आत्महत्या गरेको हुन सक्ने नन्द बक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।

उहाँले रुपाखेतीकाे निधनले एक कुशल कमान्डर तथा सहकर्मी गुमाएको बताउनुभयाे । उहाँका अनुसार प्रमुख सेनानी रुपाखेतीले अहिले अप्रेशन क्षेत्र हेरिरहनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया