धादिङको थाक्रेमा दुई वटा माइक्राे बस ठाेक्किँदा २२ जना घाइते

 पुस १६, २०७९ शनिबार १९:४१:४३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइक्राेबस ठाेक्किँदा २२ जना घाइते भएका छन् । काठमाण्डौबाट गोरखाका लागि छटेकाे बा ३ ख ६१६४ नम्बरको माइक्राे र काठमाण्डाै आउँदै गरेकाे बा ४ ख ११८७ नम्बरकाे माइक्राे ठाेक्किँदा दुर्घटना भएकाे हाे ।  

दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाण्डौ पठाइएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिनुभएको छ।

बा ३ ख ६१६४ नम्बरको माइक्राेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार रहेका प्रहरीले जनाएकाे छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अन्य सबैकोअवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया