दैलेखमा टिपर दुर्घटनामा चालककाे ज्यान गयाे

 पुस १९, २०७९ मंगलबार २०:४:५१ | अमर सुनार
unn.prixa.net

ट्रक दुर्घटना भएकाे क्षेत्र । तस्बिर : अमर सुनार

दैलेख – दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुल्लु नगरपालिका वडा नम्बर ९ पादुकाको गोबेधारामा भएको दुर्घटनामा टिपर चालक धनबहादुर बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । 

नगरपालिका मुकामबाट पादुका स्वास्थ्य चौकीको फर्निचर पुर्‍याएर पादुकातर्फ गइरहेको भे १ ग ७७ नम्बरको टिपर दुर्घटना हुँदा चालककाे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । 

दुर्घटनामा दुल्लू नगरपालिकाका कार्यालय सहयोगीद्वय दुल्लु ७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु २ का ३२ वर्षीय पूर्णबहादुर थापा घाइते हुनुभएको छ । उहाँहरूकाे दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।

ओरालो बाटोमा टिपर सडकबाट तल झरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया