जुम्लामा रुखबाट लडेर घाइते भएकी महिलाको ज्यान गयो

 पुस २०, २०७९ बुधबार २०:११:७ | नेत्र शाही
unn.prixa.net

प्रतीकात्मक तस्बिर

जुम्ला – जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको ज्यान गएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मङ्गलवार दिउँसो जङ्गलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको हो । 

मङ्गलवार दिउँसो १ बजे रुखबाट लडेर घाइते हुनुभएकी रोकायालार्ई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उहाँको उपचारको क्रममा आज बुधवार ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया