तिला नदीमा अटाे खस्दा २ जनाकाे ज्यान गयाे

 पुस २१, २०७९ बिहिबार १८:३६:३० | नेत्र शाही
unn.prixa.net

तिला नदीमा खसेकाे अटाे

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका ३ त्रिवेणीमा आज बिहीवार दिउँसाे अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।

जुम्लाबाट नाग्मा जाँदै गरेकाे क १ स ११ नम्बरकाे अटाे तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिनुभयाे । 

प्रहरीका अनुसार पुरनकाे घटनास्थलमै ज्यान गएकाे र आकाशकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएकाे हाे । 

अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया