आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै – मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । हिजाे शुक्रवारदेखि काठमाण्डौको टुँडिखेलमा माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन् । मगर समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् । शुक्रवारदेखि उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका छन् । टुँडिखेलमा मगर समुदायका मानिसहरु एक ठाउँमा जम्मा भएर सामूहिक रुपमा नाचगान गरिरहेका छन् ।
औपचारिक कार्यक्रम नभए पनि काठमाण्डौमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाउने गर्छन् । नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । मौलिक संस्कृतिको रूपमा मगरले माघे संक्रान्ति भूम्यापूजा, वैशाख पूर्णिमा, साउने संक्रान्ति आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम/पाङ) र मगर काइके बोल्ने गर्दछन् ।
मौलिक कला–संस्कृतिका हिसाबले मगरमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे संक्रान्ति चाड विशेषतः चेली तिहारको रूपमा मनाइन्छ । नयाँ यामको शुरुवात माघे संक्रान्तिका दिनदेखि उभौँली शुरु भई साउने संक्रान्तिमा समापन हुने र त्यही दिनदेखि उँधौली शुरु हुने प्रचलन छ ।
यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पातीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।