जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १४ जना घाइते

 माघ २, २०७९ सोमबार १८:१२:४ | नेत्र शाही
unn.prixa.net

तस्बिर : रासस

जुम्ला – जुम्लामा आज साेमवार जीप दुर्घटना एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

जुम्ला सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग १ ज ४०३५ नम्बरको जीप कोटभिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा पातारासी गाउँपालिका १ का छोदेन लामाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी नायब निरीक्षक यमबहादुर बुढाले बताउनुभयो ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया