साँझमा धपक्क काठमाण्डौका व्यापारिक क्षेत्र (फाेटाे फिचर)

 माघ ७, २०७९ शनिबार १०:५७:१० | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - यतिबेला काठमाण्डाै सहरका मुख्य रात्रिकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ ।

बिजुलीको पर्याप्ततासँगै सहर रङ्गीचङ्गी उज्यालोले झकिझकाउ छ । सहरका चोक, गल्लीहरु र रात्रिकालीन व्यापार व्यवसाय सञ्चालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ ।

मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाण्डाैको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रङ्गीचङ्गी बत्तीले चम्किरहेका देख्न सकिन्छ ।  बत्तीको प्रकाशले मन्दिरहरु धपक्क बलेका देखिन्छन् । जसकारण पनि बेलुकीको समयमा काठमाण्डाैका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका साँझमा मुस्कुराएको काठमाण्डाैका यी मनमोहक तस्बिरहरु ।

 

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया