ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

 माघ ७, २०७९ शनिबार ११:३५:३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ ।

अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे । 

प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया