खुम्बु क्षेत्रमा चिसोले पाइपमै जम्यो पानी, पिउने पानीको आपूर्तिमा समस्या

 माघ ८, २०७९ आइतबार ८:३०:३९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा पिउने पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानी आपूर्ति प्रभावित भएको हो ।

दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुको विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय बासिन्दा दामु शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानी समेत जमेर ढिक्का जस्तै बन्ने गरेको छ ।

चिसो बढेसँगै यो क्षेत्रको तापक्रम समेत घटेर माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो। अहिले सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा समेत बिहानको समयमा पानी आपूर्ति प्रभावित भइरहेको छ । धारा तथा पाइपको पानी जम्दा दैनिकी कष्टकर बनेको स्थानीय बासिन्दाले बताएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया