सगरमाथा राष्ट्रिय निकुञ्जबाट पासोसहित दुई जना पक्राउ

 माघ ९, २०७९ सोमबार १३:४६:२९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुई जना सिकारीलाई पक्राउ गरिएको छ । निकुञ्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेलीसहित थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिमका ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान गुलेली, वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो ५ थान, खुकरी दुई थान, पासोको लागि बनाइको लठ्ठी ५ थान जफत गरिएको छ । बुंगा खोला पावर हाउस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिनुभयाे ।

अहिले उनीहरुलाई नाम्चे ल्याइएकाे छ । यसबारे थप अनुसन्धान भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया