नेपाल टी–२० लिगमा 'स्पट फिक्सिङ' : आदिल अन्सारी र महबुब आलम पक्राउ

 माघ ९, २०७९ सोमबार १३:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा  संलग्न भएको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको हो ।

आदिल अन्सारीले गएको जेठमा अमेरिकासँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । दुवै खेलाडीले स्पट फिक्सिङको योजना अनुसार काम गरेको सीआईबीको दाबी छ । उनीहरुले नेपाल टी–२० क्रिकेटको व्यापारिक अधिकार पाएको सेभेन थ्रि स्पोर्ट्सका मालिकको योजनालाई सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

सीआईबीले बेलैमा एक्सन लिएका कारण खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ हुन नपाएको तर स्पट फिक्सिङ भने भएको सीआईबीले जनाएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा विदेशी खेलाडी समेतको सहभागितामा गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा नेपाल टी–२० क्रिकेट लिग भएको थियो ।

खेल मिलमतोको आशङ्का भएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । पूरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतका विषयमा खेलका अफिसियलसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया