आईसीसीद्धारा सन् २०२२ को वर्ष टी–ट्वेण्टी टिम घोषणा, भारतीय खेलाडीको वर्चश्व

 माघ ९, २०७९ सोमबार १६:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले पुरुष र महिलातर्फ सन् २०२२ को वर्ष टिम घोषणा गरेको छ ।

आईसीसीले सन् २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका ११ जना खेलाडीलाई समावेश गरेर आईसीसी टी–ट्वेण्टी टिम अफ दि इअर घोषणा गरेको हो । 

पुरुषतर्फको टिममा कप्तान इंल्याण्डका जोस बटलर रहेका छन् भने भारतका विराट कोहली, सूर्यकुमार यादव र हार्दिक पाण्ड्या गरी तीन जना खेलाडी रहेका छन् ।

यस्तै पाकिस्तानका मोहम्मद रिजवान र हरिस रौफ, इंल्याण्डका साम कुरान, न्युजिल्याण्डका ग्लेन फिलिप्स, जिम्बावेको सिकन्दर राजा, श्रीलंकाका विनिन्दु हसरंगा र आयरल्याण्डका जस लिटिल रहेका छन् । 

त्यस्तै, वुमन टी–ट्वेण्टी टिम अफ दि इअर २०२२ को  टिममा भारत र अष्ट्रेलियाका खेलाडी धेरै परेका छन् ।

११ जनामध्ये भारतका स्मृति मन्धना, दिप्ती शर्मा, ऋचा घोष र रेणुका सिँह गरी चार जना परेका छन् ।

यस्तै, अष्ट्रेलियाका तीन जना तथा पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका र इंल्याण्डका एक/एक जना खेलाडी टीममा परेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया