त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडाल पक्राउ

 माघ १०, २०७९ मंगलबार ६:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ ।

शाखाका प्रबन्धक नवौँ तहका चुडाल सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको सूचना एवम् उजुरीका आधारमा हिजो पक्राउ परेका हुन् । उनको कार्यकक्षबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको र थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै घुस लिने गरेको पाइएको अख्तियारको दाबी छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया