खरखडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेकी महिला बाघको आक्रमणबाट घाइते

 माघ १०, २०७९ मंगलबार १५:४६:२० | भावुक योगी
unn.prixa.net

बर्दिया – खरखडाइका लागि बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेकी एक महिला बाघको आक्रमणबाट घाइते हुनुभएको छ । 

ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते हुनुभएको हो ।

घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका सुचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।

हिजो सोमवार पनि गैँडाको आक्रमणमा परि गेरुवा गाउँपालिकाका दुई जना सामान्य घाइते भएका निकुञ्जले जनाएको छ । उहाँहरुको पनि नेपालगञ्जमा उपचार भइरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले हरेक वर्ष पुस वा माघ महिनामा मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि घर छाउने खर र गाइबस्तु बाँध्ने डोरीका लागि बाबियो काट्न खरखडाइका लागि निकुञ्ज प्रवेश खुला गर्ने गर्छ । यस वर्ष हिजो सोमवार र आज दुई दिनका लागि निकुञ्ज प्रवेश खुला थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया