नेपाल स्रष्टा समाजद्वारा दुई सम्मानको घोषणा

 माघ १०, २०७९ मंगलबार १८:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल स्रष्टा समाजले विसं २०७९ का दुई सम्मानको घोषणा गरेको छ । यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगङ्गा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ ।

दुवै सम्मानको राशि २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा भएको माघ ८ गते भएको बैठकले सो निर्णय गरेको हो ।

वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले आफ्ना पितामाताको नाममा स्थापना गर्नु भएको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्द्येल सम्मानित भइसक्नुभएको छ ।

बाग्मती प्रदेशका सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटालगायतले स्थापना गर्नु भएको रमेशगङ्गा स्रष्टा सम्मानबाट साहित्यकार जनार्दनशरण त्रिपाठी र प्राडा वासुदेव त्रिपाठी सम्मानित भइसक्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया